My Blog List

Monday, April 20, 2020

मेरी आमा

मोरी आमा ♥♥

आमा दृष्टि खुलाउने हृदयका स्वर्गीय झङ्कार हुन्
रच्ने सिर्जनवाग यो झिलिमिली आमा कलाकार हुन्
आमा नै नभए हुँदैन रचना आमा बिना के छ र ?
आमा कै प्रिय कोखबाट जगमा जन्मे स्वयं ईश्वर ।
आफ्नो जीवनमृत्युको पनि कठै पर्वाह छोडीकन
सक्छिुन् यत्न गरेर भर्न जननी निर्जीवमा जीवन
आफू जोखिममा परेर सबको उद्धार को गर्छ र ?
आमा कर्मठस्वार्थहीन जगकै स्रष्टा र संरक्षक ।।
बाँड्छिन् सन्ततिमा बराबर गरी माया र श्रद्धायिनी
छातीमा छहरा सुधारसभरी सञ्चार गर्छिन् यिनी
जस्तै दुष्टकपूतको पनि यिनी गर्छिन् भलोे उत्तिकै
चाहे पुत्रकुपुत्र होस् जगतमा हुन्नन् कुमाता कतै ।।
आमा छन् घरमा भने घर भयो सम्पन्न औ सुन्दर
आमा कै मृदुमोहमा रहरिलो स्वर्गीय आनन्द छ ।
आमाको महिमा नभै त कविले रोएर भन्दैन थे
आमा बालककी नमार भगवान संसार भर्ने भए ।।
आमा हुन् ममतामयी, सहृदयी, वात्सल्यकी निर्झरी
लाखौ यत्न गरुन् तथापि सहजै लाग्दैन आमासरी
हुन्छन् शब्द अनेक यो जगतमा प्यारा र राम्रा तर

AND HAPPY MOTHER'S DAY TO ALL THE MOTHER'S IN THE WORLD ♥♥♥

No comments:

Post a Comment